
काठमाडौं, २० मंसिर । विवाह गर्ने सहमति (इन्गेजमेन्ट) रद्द भएपछि एक युवतीले आइतबार केटाको घरमै पुगेर आत्मदाह गरेकी छन्।
काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आत्मदाह गरेकी हुन् ।
प्रहरीले उनलाई तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको थियो । त्यहाँ उपचार हुन नसकेपछि पुष्पालाई कीर्तिपु अस्पताल लगिएकोमा सोमबार बिहान पुष्पाको मृत्यु भएको हो ।
प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराही बस्ने सुधन संग्रौलाबीच परिवारकै सहमतिमा इन्गेजमेन्ट भएको थियो । यही बीचमा उनीहरुको सम्बन्धमा दरार आएपछि केटा पक्षले इन्गेजमेन्ट तोड्ने बताएपछि परिवारकै सहमतिमा रद्द गरिएको थियो ।
बिवाह नहुने भएपछि आइतबार साँझ पुष्पाले सुदनको घरमा पुगेर आत्मदाह गरेकी हुन् । पुष्पाका परिवारले सुदनसहित उनको परिवारका ४ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।
विवाहअघि घुमाउने, परिवारसँग बसेर रमाइलो गर्ने, एकअर्काप्रति माया गर्ने गरेका सुदनले इंगेजमेन्टपछि क्रमश पुष्पालाई पटक-पटक मानसिक यातना दिएको र त्यसकै पीडा सहन नसकेर मार्न बाध्य पारेको मृतकका परिवारको आरोप छ । प्रहरीले सुनदसहित चारैजनालाई पक्राउ गरेको छ ।















प्रतिक्रिया