
काठमाडौं, २० मंसिर । एमालेबाट चोइटिएको माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्न असफल भएको छ ।
राष्ट्रिय दल बन्नका लागि समानुपातिकतर्फ खसेको कूल सदर मतको ३ प्रतिशत मत ल्यानुपर्ने हुन्छ । १ करोड ५ लाख ६० हजार ६७ मत गणना हुँदा एकीकृत समाजवादी पार्टीले २ लाख ९८ हजार ३ सय ९१ मत मात्रै पाएको छ ।
राष्ट्रिय पार्टी बन्नका लागि नेकपा एसले ३ लाख १८ हजार ८ सय २ मत ल्याउनुपर्ने थियो । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी गरी सातवटा दल राष्ट्रिय दल बनेका छन् ।
योसंगै माधव नेपालको राजनीतिक भविष्यका बारेमा पनि अनेक आंकलन गर्न थालिएको छ ।















प्रतिक्रिया