
काठमाडौं, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।
काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मिश्रले चुनावमा २४ लाख ४९ हजार ६ सय ७ रूपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेश गरेका हुन् ।
चुनावका लागि ३३ लाख रुपैयाँ संकलन भएको भन्दै मिश्रले बाँकी रकम ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा राख्ने बताएका छन् ।















प्रतिक्रिया