३० आश्विन २०८३, शुक्रबार

कपिलवस्तुका जिल्ला न्यायाधीश गिरीमाथि बलात्कारको आरोपमा उजुरी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । कपिलवस्तुका जिल्ला न्यायाधीस भुवन गिरीविरुद्व बलात्कार आरोपमा उजुरी परेको छ ।

गिरीले एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो । उजुृरी परेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सुुरुमा कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेकोमा महिलाले राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन् । दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिदै पत्र पठाएपछि मात्रै प्रहरीले उजुरी दर्ता गरेको छ ।

न्यायधीश गिरीले पीडित महिलालाई करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको आरोप लागेको छ ।