३० आश्विन २०८३, शुक्रबार

एकाबिहानै प्रचण्डलाई भेट्न खुमलटार पुगे अमेरिकी राजदूत

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । अमेरिकी राजदूत डिन थम्पसनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

राजदूत थम्पसन मंगलबार बिहानै खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् । भेटमा राजदूत थम्पसनले अध्यक्ष प्रचण्डलाई प्रतिनिधि सभा सदस्यमा विजयी भएकामा बधाई तथा शुभकामना दिएका प्रचण्डको सचिवालयले बताएको छ ।

यस्तै, ४० मिनेटसम्म चलेको भेटवार्तामा राजदूत थम्पसन र प्रचण्डबीच दुई देशबीचको सम्बन्ध, सहकार्य लगायतका विषयमा कुराकानी भएको सचिवालयले जानकारी दिएको छ ।