३० आश्विन २०८३, शुक्रबार

महाकालीमा भारतले निर्माण गरिरहेको तटबन्धको काम तत्काल रोक्न डा.राजन भट्टराईको माग

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले महाकाली नदीमा भारतले एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्ध निर्माणको काम तत्काल रोक्न माग गरेका छन् ।

नेपालको दार्चुला र भारतको धार्चुलालाई छुट्याउने सीमानाको रुपमा रहेको महाकालीमा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहेकोप्रति डा. भट्टराईले आपत्ति जनाएका हुन् ।

भट्टराईले सामाजिक सञ्जालमा लेख्दै सीमानामा एकपक्षीय रुपमा संरचना निर्माण गर्न नमिल्ने उल्लेख गर्दै एकतिर संरचना निर्माण गर्दा त्यसले अर्कोतिर असर गर्ने बताएका छन् ।

भट्टराईले तत्काल निर्माण कार्य रोकेर दुई देशबीच वार्ता गर्नुपर्ने माग गरेका छन् । यसका लागि केन्द्र सरकारले नै पहल गर्न आवश्यक रहेको भट्टराईले बताएका छन् ।