३० आश्विन २०८३, शुक्रबार

कांग्रेस कार्यकर्ताद्वारा पत्रकारमाथि कुटपिट, जिल्ला प्रहरी कार्यालय मकवानपुर तनावग्रस्त

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसका कार्यकर्ताहरुले मकवानपुरका दुईजना पत्रकारमाथि कुटपिट गरेका छन् ।

कांग्रेसको मतपरिणामलाई आधार मानेर समाचार लेखेको भन्दै बागमती एक्सप्रेस साप्ताहिक पत्रिकाका प्रकाशक रमेश बञ्जरा(इन्द्र) र पत्रिकाका स्तम्भकार रामकुमार रिजाल(एलन) माथि कांग्रेस कार्यकर्ताहरुले आइतबार राति कुटपिट गरेका थिए ।

कांग्रेसका कार्यकर्ताहरुले इन्द्र बानीयाँको विषयमा समाचार लेखेको भन्दै कुटपिट गरेका हुन् । यही विषयमा अहिले जिल्ला प्रहरी कार्यालय तनावग्रस्त भएको छ ।

कुटपिट गर्नेहरुविरुद्व पत्रकार बञ्जरा र रिजालले किटानी जाहेरी दिएका छन् । कांग्रेस कार्यकर्ताहरुले प्रहरी कार्यालयभित्रै हातपात गरेपछि अहिले जिल्ला प्रहरी कार्यालयको अवस्था तनावपूर्ण बनेको हो ।