३० आश्विन २०८३, शुक्रबार

झण्डै १ लाख पुग्यो सुनको मूल्य

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, १९ मंसिर । नेपाली बजारमा सुनको मूल्य केहीदिन देखि लगातार उकालो लागि रहेको छ । यस्तै, सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ । हिजो प्रतितोला ९९ हजार पाँच सयमा कारोबार भएको छापावल सुनको मूल्य आज प्रतितोला ९९ हजार ९ सय पुगेको छ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो ।

महासंघकाअनुसार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १५ले बढेर १ हजार ३ सय ८५ मा कारोबार भइरहेको छ ।