३० आश्विन २०८३, शुक्रबार

कतार विश्वकपमा आज दुई खेल हुँदै, कुन-कुन टोली कति बजे भिड्दैछन् ?

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सोमबार राउण्ड अफ १६ अन्तर्गतका दुई खेलहरु हुँदैछन् ।

पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

यस्तै आजै हुने अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । स्टेडियम ९७४ मा हुने खेल राति १२:४५ बजे सुरु हुनेछ ।

आज भिड्ने चारै टोली क्वाटरफाइनलमा प्रवेश गर्ने प्रयासमा रहनेछन् ।