३० आश्विन २०८३, शुक्रबार

गठबन्धनको विकल्प खोजिएको छैन: माओवादी केन्द्र

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको विकल्प नखोजिएको स्पष्ट पारेको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले अहिले सरकारको विकल्प नखोजिएको र एमालेसँग सहकार्यको कुनै तयारी नभएको बताएका हुन् ।

बैठकले निर्वाचनमा अपेक्षाकृत परिणाम नआए पनि गठबन्धन सफल र परिणाममुखी भएको निष्कर्ष निकालेको उनले बताए । निर्वाचनमा देखिएका कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्दै पार्टीलाई सुदृढ गर्दै अघि बढ्नुपर्नेमा बैठकमा छलफल भएको गुरुङले बताए ।

उनले सोमबार गठबन्धनको बैठक बोलाइएको र निर्वाचन तथा सरकार गठनका बिषयमा छलफल हुने जानकारी दिए ।

यसअघि शनिबार बसेको पदाधिकारी बैठकपछि माओवादी उपाध्यक्ष कृष्ण बहादुर महराले गठबन्धनलाई तोड्ने कुनै निर्णय नभएको भन्दै सरकार गठनको सबै विकल्प खुला राख्ने बताएका थिए ।