
काठमाडौं, १८ मंसिर । पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले नेपाल आयल निगम अगाडि विरोध प्रदर्शन गरेको छ ।
अन्तर्राष्ट्रिय बजारबाट मूल्य घटेर आएपनि नियमले समायोजन नगरेको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले अन्तराष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको भन्दै नारावाजी गरेका थिए ।
बिद्यार्थीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे थप बिरोधका कार्यक्रम तय गर्ने चेतावनी दिएका छन् ।















प्रतिक्रिया