१ कार्तिक २०८३, आइतबार

दोलखामा एमाले पछि पर्‍यो, गठबन्धनका कार्कीले फेरि लिए अग्रता

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १८ मंसिर । दोलखाको जारी मत गणनामा नेकपा एमाले पुन: पछि परेको छ ।

पछिल्लो मरिणाम अनुसार गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका गंगा कार्कीले २२ हजार ८१६ मत ल्याउँदा एमालेका बालकृष्ण शिबाकोटीले २२ हजार ४११ मत पाएका छन् ।

सुरूवातमा करिब दुई हजार मतको अग्रता लिएका कार्कीलाई शनिबार रातिदेखि पछि पारेर शिबाकोटीले दुई हजार भन्दा बढी मतको अग्रता बनाएका थिए । तर, आइतबार अपराह्नदेखि फेरि कार्कीले नै अग्रता लिन सुरू गरेका हुन् ।

८५ हजार ३८८ मत खसेको दोलखामा अहिलेसम्म ४९ हजार ६३५ मत गणना ससकिएको जिल्ला निर्वाचन कार्यालयले दोलखाले जनाएको छ ।