
काठमाडौं, १७ मंसिर । डोल्पाबाट हराइएका मूर्तिहरुको बारेमा लेखिएको पुस्तक बिमोचन गरिएको छ ।
शनिबार काठमाडौंमा एमिलिन स्मिथद्वारा लेखिएको पेमा र डोल्पाबाट चोरिएको मूर्ति शीर्षकको पुस्तक डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाले बिमोचन गरे ।
डोल्पाबाट हराएका र चोरी हुन सक्ने मूर्र्तिहरुको बारेमा सचेतना जगाउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो । पेमालाई पात्र बनाएर लेखिएको उक्त पुस्तक डोल्पाका बिद्यालयका विद्यार्थीहरुलाई वितरण गरिने गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचेले जानकारी दिए ।
डोल्पामा अहिले स्थानीयहरु एकजुट भएर संस्कृति र प्राकृतिक धरोहरुहरुको जगेर्ना गर्न लागिपरेको उनको भनाइ छ । सो अवसरमा डोल्पाली धर्म संस्कृति झल्कने चित्रकला प्रदर्शनी पनि गरिएको थियो ।















प्रतिक्रिया