
दोलखा, १६ मंसिर । प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिबाकोटीले पाँचदलीय गठबन्धनका उम्मेदवार गंगा कार्कीसँगको मतान्तर घटाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका गंगा कार्कीले ६ हजार ९७ मत प्राप्त गरेका छन् भने एमालेका बालकृष्ण शिबाकोटीले ५ हजार २४६ मत पाएका छन् ।
प्रारम्भिक गणनाबाटै पछि परेका शिबाकोटीले कार्कीसँगको मतान्तर ८५१ मा झारेका छन् ।
साथै दोलखा प्रदेश सभा (ख) मा नेकपा एमालेका भरतबहादुर केसीले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार केसीले ५ हजार ९७६ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामाले ५ हजार ९३२ मत पाएका छन् ।
प्रारम्भिक गणनामा पछि परेका केसीले अग्रता लिन थालेका हुन् ।















प्रतिक्रिया