१ कार्तिक २०८३, आइतबार

बीग मार्टमा तरकारी तथा फलफूलमा १५ प्रतिशत छुट

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्यूआरले बीग मार्टसँग सहकार्य गरेको छ ।

सहकार्यबाट हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिदमा १५ प्रतिशत छुट पाइने भएको छ । स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुट पाइने भएको हो ।

छुट अफरअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम रू. १५० सम्म छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

अफरअन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया मो–बैंक, ग्लोबल स्मार्ट प्लस, आईएमई–पे, खल्ती, नमस्ते–पे, प्रभु–पे, सजिलो–पे, मोरु, आई–क्यास, क्यू–पे तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले जनाएको छ ।