१ कार्तिक २०८३, आइतबार

मेलम्ची आयोजनाबाट तलब नपाएका कर्मचारीलाई कांग्रेस नेता सिंहले के भने ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका नेता एवम् काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनास्थलको निरीक्षण गरेका छन् ।

आज बिहीबार मेलम्चीको सुरुङ क्षेत्रमा पुगेका नेता सिंहलगायत टोलीले आयोजनामा भइरकेको काम र समस्यामा बारेमा जानकारी समेत लिएको छ । निरीक्षणका क्रममा सिंहले अहिले पनि कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाडौंमा पानी लैजानुपर्ने बताए ।

आफूले मेलम्ची आयोजनालाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्‍याउन निरन्तर चासो दिएको उनले बताएका छन् । आयोजनाका कर्मचारी र अन्यको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

मेलम्ची खानेपानी आयोजनाको बारेमा हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित अम्बाथान अडिटमा बिहिबार जानकारी लिनुहुँदै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका नेता एवम काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंह लगायत बागमती प्रदेशका पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठलगायत । तस्वीर : देवराज सुवेदी/रासस

मेलम्ची खानेपानी आयोजनाबाट आफूले पाउनुपर्ने तलब नपाएको आयोजनाका कर्मचारीले गुनासो गरेका थिए । आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले ‘फास्ट ट्रयाक’बाट कर्मचारीको पारिश्रमिक उपलब्ध गराउने कुरामा ध्यान जान जरुरी रहेको बताए ।

यसअघि बुधबारमात्रै खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मंसिर २७ गतेभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने बताएका थिए ।