
दोलखा, १५ मंसिर । दोलखामा प्रतिनिधिसभा सदस्यका लागि आज राति ९ बजेदेखि मतगणना सुरू गरिने भएको छ ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेर ९ बजेदेखि प्रतिनिधिसभा सदस्यको मतगणना सुरू हुने र भोलिदेखि प्रदेशसभा सदस्यको मतगणना गर्ने निर्णय गरिएको जानकारी दिए ।
दोलखामा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) बाट बालकृष्ण शिवाकोटी र वाम–लोकतान्त्रिकबाट नेकपा (माओवादी केन्द्र)का गंगा कार्कीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) बाट जगदीश खरेल प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।
दोलखाको १० वटा मतदान केन्द्रमा आज पुन: मतदान सम्पन्न भएलगत्तै आजैदेखि मतगणना गर्न लागिएको हो ।















प्रतिक्रिया