
काठमाडौं, १३ मंसिर । नेकपा एकीकृत समाजवादीले निर्वाचनको परिणाम सोचेजस्तो नआएको निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको समाजवादीको सचिवलय बैठकले अहिलेसम्मको चूनावी नजिताको समीक्षा गर्दै पार्टीले सोचेजस्तो नजिता आउन नसकेको निष्कर्ष निकालेको हो ।
बैठकपछि पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि जे–जति आयो गठबन्धनको कारण पाएको उपलब्धिको रक्षा गर्नुपर्ने निष्कर्ष निकालिएको बताए । उनले गठबन्धनको भावना अनुसार आगामी दिनमा पनि अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
उनले निर्वाचनको पूर्ण नतिजा आएपछि थप छलफल हुने जानकारी दिएका छन् । बैठकले निर्वाचनलाई सफल पार्न भूमिका खेल्ने सवैलाई धन्यवाद दिने निर्णय गरेको उनले बताए ।















प्रतिक्रिया