१ कार्तिक २०८३, आइतबार

कृषि तथा आवासीय जग्गा वर्गीकरणसम्बन्धी अन्तरक्रिया

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

केशवटार (तनहुँँ), १२ मंसिर । व्यास नगरपालिका घर, नक्सा शाखा र नगर कार्यपालिका कार्यलय दमौलीको आयोजनामा व्यास नगरपालिका वडा नं १४ को केशवटारमा कृषि तथा आवासीय जग्गा वर्गीकरणसम्बन्धी अन्तरक्रिया भएको छ ।

जनप्रतिनिधि, कर्मचारी र टोल अध्यक्षका लागि कृषि र आवासीय जग्गा वर्गीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

वडाध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा व्यास नगरपालिकाका इन्जिनीयर अमृत केसीले सरकारले कार्यक्रमको महत्व र आवश्यकताको वारेमा प्रकाश पारेका थिए ।

स्थानीय भू–उपयोग कार्यान्वयन समिति, भू–उपयोग ऐन २०७६ र नियमावली २०७९ मा भएको व्यवस्था अनुसार भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको र मालपोत कार्यलय तनहुँको सार्वजनिक सूचना अनुसार कार्यक्रम अगाडि वढाइएको जानकारी दिए । कार्यक्रममा सहभागीहरुले जग्गाको वर्गीकरणको आवश्यकता र यसको महत्वका बारेमा धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा नगर कार्यकारिणी सदस्य नरिमाया राना, वडासदस्यहरु दुर्गाबहादुर आले, होमलाल थापा, कृष्णमाया सुनार, राजनीतिक दलका वडातहका नेतृत्व, टोल विकास संस्थाको पदाधिकारी र स्थानीय समुदायको उपस्थिति थियो ।

कार्यक्रमका अध्यक्ष काजीमान श्रेष्ठले घर नक्साको वर्गीकरण अपरिहार्यता भएको हुँदा समयमा नै दर्ता अभियानमा सरिक भई लाभ लिन आग्रह गरे ।