१ कार्तिक २०८३, आइतबार

निषेधको राजनीति पराजित भइसक्यो, एमाले जुनसुकै भूमिका निर्वाह गर्न तयार छ : नेम्वाङ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताको जनादेश अनुसार जुनसुकै भूमिका निर्वाह गर्न पनि नेकपा एमाले तयार रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सबै दलहरुसँग छलफल गर्ने र आवश्यकता अनुसार जुनसुकै भूमिका निर्वाह गर्ने बताएका हुन् । उनले निषेधको राजनीति पराजित भएको र दलहरु मिलेर काम गर भन्ने जनताको स्पष्ट सन्देश रहेको जिकिर गरेका छन् ।

एमालेलाई सरकारमा जान हतारो नरहेको र जनताको जनादेश बमोजिम अघि बढौँ भन्ने मान्यता रहेको नेम्वाङको भनाइ छ । नेम्वाङले जनताले दिएको जनादेशका आधारमा दलहरु अघि बढे देश सहि दिशातर्फ जाने धारणा व्यक्त गरेका छन् ।