१ कार्तिक २०८३, आइतबार

बिष्णु पौडेल भन्छन्– देशमा निकास र विकासका लागि एमाले नेतृत्वको सरकार आवश्यक छ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने बताएका छन् ।

प्रेस चौतारी, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले अहिलको निर्वाचनमा कसैको स्पष्ट बहुमत नआएकाले मुलुकलाई निकास, विकास र समृद्धिको बाटोतर्फ अघि बढाउन एमालेको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताएका हुन् ।

एमालेको संसदीय दलको बैठक बसेर पार्टीका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने विषयमा औपचारिक निर्णय गर्ने उनको भनाई छ । उनले एमालेले नेतृत्वदायी भूमिका निर्वाह नगर्दासम्म मुलुकको विकासले गति लिन नसक्ने दाबी गरे । पौडेलले कुनै पनि दललाई बहुमत प्राप्त नहुँदा कुनै न कुनै रुपमा अंक गणितको खेल हुने र मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको जिकिर गरे ।

पौडेलले निर्वाचनमा जित र हार स्वाभाविक भएको बताउँदै सबै मतदाताको प्रतिनिधि भएर काम गर्ने र सबैप्रति समदूरीको व्यवहार गर्ने बताएका छन् ।