१ कार्तिक २०८३, आइतबार

दिनभरका TOP 15 NEWS

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला राजनीतिक दलहरू सत्ता समीकरणको हिसाबकिताबमा जुटेका छन् ।

सत्ता समीकरणकै लागि दलका नेताहरूले राजनीतिक भेटवार्तालाई समेत तीव्रता दिएका छन् । नेपालको सत्ता समीकरणमा राष्ट्रियका साथै अन्तर्राष्ट्रिय चासो समेत प्रकट भइरहेका बेला आज दिनभर के–के भए ?

पढ्नुस् दैनिक नेपालको टप फिप्टिन समाचारका हेडलाइनहरू–

१.ओली र प्रकाशमान सिंहबीच भेट : एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगे कांग्रेस नेता प्रकाशमान सिंह, भेटपछि कांग्रेसमा नयाँ तरङ्ग ।

२. ओलीले मतदातालाई दिए धन्यवाद : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं. ५ का मतदातालाई दिए धन्यवाद, जनादेश अनुसार देशको पक्षमा काम प्रतिबद्धता व्यक्त ।

३. लोकप्रिय पार्टी एमाले : प्रतिनिधि सभातर्फ समानुपातिकतर्फ एमालेले पायो सर्वाधिक २४ लाख ४१ हजार भन्दा बढी मत, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रोमा ।

४. प्रदेशमा पनि एमाले पहिलो : प्रदेश सभा सदस्यतर्फ समानुपातिकको मत गणनामा सातमध्ये ६ वटा प्रदेशमा एमाले बन्यो पहिलो पार्टी, मधेश प्रदेशमा कांग्रेस पहिलो ।

५. सञ्चारमन्त्रीले गरे लफडा : सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका कारण सुनसरी–४ मा लफडा, दुई दिनदेखि मतगणना अबरूद्ध ।

६. हारे झलनाथ खनाल : इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पराजित, गठबन्धनसँगको प्रतिस्पर्धामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी ।

७. मतगणना अन्तिम चरणमा : बाजुरा, दोलखा र स्याङ्जाबाहेक सबै जिल्लाको मतपरिणाम मंगलबार साँझसम्म आइसक्ने, प्रत्यक्षतर्फ नेपाली कांग्रेसले पायो सर्वाधिक सीट ।

८. तामाङ बने सांसद : रामेछापबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित, एमाले उम्मेदवार कैलाशप्रसाद ढुंगेल पराजित ।

९. पुन मतदान हुँदै : दोलखाका विवादित आधा दर्जन बढी मतदान केन्द्रमा पुन: मतदान हुने, मिति तोक्दै निर्वाचन आयोग ।

१०. हत्यापछि दन्कियोे आगो : बाजुरामा चेतन ऐडीको हत्याको विरोधमा अनेरास्ववियूद्वारा काठमाडौंको माइतीघरमा प्रदर्शन, हत्यारालाई कारबाहीको माग ।

११. रविको पार्टी कार्यालयमा अगलागी : राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनस्थित जिल्ला पार्टी कार्यालयमा आगलागी, आगलागीको कारण खोज्दै प्रहरी ।

१२. नगरपालिकामा तालाबन्दी : विप्लव नेतृत्वको नेकपाद्वारा कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी, जनप्रतिनिधिको संलग्नतामा भ्रटाचार भइरहेको दाबी ।

१३. जहाजको इन्जिन स्टार्ट नभएपछि… : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड, इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमको भनाई

१४. फेक तस्वीर : अमेरिकी नागरिक कितिया पावोलोब्स्कीले खिचेको भनिएको हिउँ चितुवाको नक्कली तस्वीर अमेरिकी दूतावासले हटाउने, आधिकारिकता पुष्टि गर्न नसकिएको स्वीकार ।

१५. हार्‍यो जापान : कतार विश्वकपमा जापानलाई कोस्टारिकाले हरायो, जापान १–० गोल अन्तरले पराजित ।