३ मंसिर २०८३, बिहिबार

चुनाव हारेर मैले केही गुमाएको छैन्, हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा दुःखी छु: कमल थापा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ११ मंसिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले चुनाव हारेर केही पनि नगुमाएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै थापाले नेपाललाई सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा आफू दुःखी भएको उल्लेख गरेका छन् ।

उनले आफू हार्दा काठमाडौं जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र, चक्रपथ बनाउने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता लागेको जनाएका छन् ।

‘चुनाव हारेर मैले व्यक्तिगतरुपमा केही गुमाएको छैन् । नेपाललाई सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा दुःखी छु । थापाले भनेका छन्, हेटौंडालाई राजधानी त बनाए । तर,काठमाडौं जोड्ने सुरुङमार्ग,नयाँ औद्योगिक क्षेत्र, चक्रपथ बनाउने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ ।’

४ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा थापा मकवानपुर-१ बाट पराजित भएका थिए । नेकपा एमालेबाट उम्मेदवार बनेका उनी राप्रपाका उम्मेदवार दिपकबहादर सिंहसँग पराजित भएका थिए ।