
काठमाडौं, १० मंसिर । कतारमा जारी फिफा विश्वकपअन्तर्गत गत बिहीबार दक्षिण कोरिया र उरुग्वेबीचको खेलमा दक्षिण कोरियाका टिम कप्तान ह्युङ–मिन सन कालो मास्क लगाएर मैदान उत्रिए ।
सन मास्क लगाएर मैदान उत्रिएपछि कतिपयले आश्चार्य मानेका थिए । हामी मध्ये कतिपयलाई अझै पनि फेसन हो कि अन्य केही कारण हो भन्ने जिज्ञासा हुन सक्छ ।
कप्तान सनले मास्क फेसनका लागि नभएर सुरक्षाका लागि लगाएका हुन् । यो मास्क अनुहारको हड्डीलाई सुरक्षित राख्न सक्ने गरी डिजाइन गरिएको छ ।
नोभेम्बरको सुरुमा मार्सेलीविरुद्वको च्याम्पियन्स लिगमा सनको अनुहारमा ठोक्किएर चोट लागेको थियो । चान्सेल एम्बेम्बासँग ठोक्किँदा उनको आँखामा चोट लागेको थियो । आँखाको चोटलाई निको बनाउन उनले शल्यक्रिया नै गर्नु प¥यो ।
आँखाको चोटका कारण यो विश्वकपमा उनी नपर्ने अनुमान लगाइएको भएपनि उनी मास्क लगाएर मैदान उत्रिएका हुन् । फुटबलमा मास्क लगाउनु अस्वभाविक लागेपछि हाई प्रोफाइल खेलाडीहरुले सुरक्षाका लागि लगाउने गरेका छन् ।















प्रतिक्रिया