१ कार्तिक २०८३, आइतबार

रुपन्देही २ बाट एमालेका विष्णु पौडेल निर्वाचित, स्वतन्त्रका पौडेल १३ सय मतान्तरले पराजित

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ९ मंसिर । रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका उम्‍मेदवार विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी उम्‍मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।

विष्णु पौडेलले २७ हजार १४८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याए ।

यसैगरी सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले २२ हजार १० मत पाए ।