१ कार्तिक २०८३, आइतबार

नेपालमा भारतीय राजदूतको सक्रियता किन बढ्यो ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । चुनावको नतिजा आउने क्रम जारी रहँदा नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव सक्रिय हुन थालेका छन् ।

उनले शुक्रबार बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग गोप्य छलफल गरेका छन् । राजदूत श्रीवास्तव र प्रधानमन्त्री देउवाबीच आज दिउँसो पौने ४ बजेदेखि ५ बजेसम्म भेटवार्ता भएको हो ।

चुनावी परिणामको एउटा परिदृश्य आइसकेको सन्दर्भमा भारतीय राजदूतसँगको भेटलाई अर्थपूर्ण मानिएको छ । राजदूतसँगको भेटपछि प्रधानमन्त्री देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए ।