मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

प्रतिनिधि सभाको समानुपातिकमा कुन दलले कति मत पाए ?

दैनिक नेपाल २०७९ मंसिर ९ गते १५:१७

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ ।

हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधि सभातर्फको समानुपातिकमा नेकपा एमाले सर्वाधिक मत प्राप्त गरी पहिलो स्थान कामय गरेको छ भने गठबन्धन बनाएर एमालेविरुद्ध प्रतिस्पर्धा गरेको नेपाली कांग्रेस दोस्रो स्थानमा छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्र तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौँ स्थानमा छ ।

हेर्नुहोस् पूरा विवरण

नेपाल कम्युनिष्ट पार्टी (एमाले) : २१,००,६२८

नेपाली काँग्रेस : २०,२३,५९८

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : ८,९४,८२५

राष्ट्रिय स्वतन्त्र पार्टी : ८,६०,८४६

राष्ट्रिय प्रजातन्त्र पार्टी : ४,५९,६४६

जनता समाजवादी पार्टी, नेपाल : २,४९,५७३

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) : १,९४,९९८

जनमत पार्टी : १,७८,३५९

नागरिक उन्मुक्ति पार्टी : १,७५,८६८

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल : १,०४,३६८

नेपाल मजदुर किसान पार्टी : ६८,३३८

हाम्रो नेपाली पार्टी : ४५,१८६

राष्ट्रिय जनमोर्चा : ४०,८७१

मंगोल नेशनल अर्गनाइजेशन : ३९,९७३

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) : २२,२७३

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल : ८,२२९

विवेकशील साझा पार्टी : २,९७२

प्रतिक्रिया
सम्बन्धित