२९ आश्विन २०८३, बिहिबार

मुख्यमन्त्री पाण्डे धादिङ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । धादिङ प्रदेश सभा १ बाट प्रतिनिधि सभा सदस्यमा बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।

पाण्डेले ३५ हजार ९ सय ३४ मत प्राप्त गर्दा पराजित त्रिपाठीले २७ हजार ९ सय ५३ मत ल्याए । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १२ हजार ४ सय ७५ मत पाए ।