१ कार्तिक २०८३, आइतबार

स्मार्टच्वाइस टेक्नोलोजिज र सनराइज बैंकबीच सम्झौता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सनराइज बैंक लिमिटेडबीच डिजिटल पेमेन्टसम्बन्धी सम्झौता भएको छ ।

डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको कम्पनीले जनाएको छ ।

सेवा विविधिकरणको यो नयाँ आयामपश्चात सनराइज बैंक लिमिटेडका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग एप सनराइज स्मार्ट प्लस प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आरमार्फत गर्न सकिने बताइएको छ ।

सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकका प्रमुख डिजिटल बैंकिङ्ग दिलिप मैनालीले हस्ताक्षर गरेका छन् ।