काठमाडौं, ८ मंसिर । पूर्व संचारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले विजयको खुसी मनाएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।
भिडियोमा रवि र निकिता जितको खुसी साटेको उल्लासपूर्ण मुडमा देखिएका छन् । अहिलेको चुनावमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्याशित जित हासिल गरेको छ ।
रवि चितवनबाट भारी मतका साथ विजयी भएका छन् । लामिछानेले ४९ हजार २ सय ६१ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाए ।
यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल तेस्रो स्थानमा रहे । उनले १४ हजार ६ सय ४९ मत पाए।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस