२९ आश्विन २०८३, बिहिबार

रेशम चौधरीका बुवा र श्रीमती बने सांसद

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । टिकापुर हत्याकाण्डको अभियोगमा कारागारमा रहेका रेशम चौधरीकी श्रीमती कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छिन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रहेकी रञ्जिता श्रेष्ठ निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।

श्रेष्ठले ३० हजार ४ सय ४ मत पाइन् भने कांग्रेसका चौधरीले १८ हजार ८ मत मात्रै पाए ।

रेशम चौधरीका बुवा लालवीर चौधरी पनि बर्दिया २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन् ।