२९ आश्विन २०८३, बिहिबार

चितवन-२: रवि लामिछाने विजयी

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

रविका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठ रवि भन्दा तेब्बर भन्दा धेरै मतले पछाडि रहे । लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी भएका हुन् ।

लामिछानेले ४९ हजार २ सय ६१ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले १५ हजार ९९ मत पाए ।

यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल तेस्रो स्थानमा रहे । उनले १४ हजार ६ सय ४९ मत पाए।