१ कार्तिक २०८३, आइतबार

प्यूठानमा एमालेका सूर्य थापा विजयी, गठबन्धनकी पौडेल पराजित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान, ८ मंसिर । प्यूठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापा विजयी भएका छन् ।

सत्ता गठबन्धनकी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ मतले पराजित गर्दै थापा विजयी भएका हुन् ।

थापाले ४१ हजार ११८ मत ल्याउँदा उनकी प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेकी छिन् ।