काठमाडौं, २९ वैशाख । भूकम्पले भत्किएको र बस्न असुरक्षित घरलगायत संरचना कसरी हटाउने भन्ने समस्यामा हुनुहुन्छ ? तपाईंलाई भूकम्पले भत्किएका घरका भग्नावशेष कसरी हटाउने भन्ने सिकाउन इन्जिनियरहरु आउँदैछन् । त्यसपछि त तपाईं आफैँ आफ्नो घरको भग्नावशेष आफैँ हटाउन सक्नुहुनेछ । त्यति मात्रै होइन, हटाएबापत ज्यालासमेत पाउनुहुनेछ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भूकम्पको कारणले भत्किएका घरका संरचना घरधनीलाई नै तालिम दिएर हटाउन लगाउने र घरपरिवारको श्रमका आधारमा ज्याला दिनेगरी भूकम्पले अति प्रभावित सिन्धुपाल्चोकका तीन गाविसमा यस्तो कार्यक्रम ल्याउन लागेको हो । आजको नागरिक दैनिकमा खबर छ ।















प्रतिक्रिया