
गण्डकी, ६ मंसिर । कास्कीको निर्वाचन क्षेत्र नं ३ मा नेकपा एमालेले अग्रता लिएको छ ।
एमालेका दामोदर पौडेल बैरागीले छ हजार आठ सय ३९ मतसहित अग्रता लिएका हुन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले पाँच हजार पाँच सय ७० मतसहित पछ्याइरहेका छन् ।
यस क्षेत्रमा कूल ६१ हजार चार सय १४ मत खसेकोमा हालसम्म २० हजार आठ सय ७० मतगणना भएको छ । जसमध्ये एक हजार एक सय २० मत बदर भएको छ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराल (जीवन)ले चार हजार आठ सय ३८ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले एक हजार ५० मत ल्याएका छन् ।











प्रतिक्रिया