१ कार्तिक २०८३, आइतबार

कास्की–२ मा एमालेकी भट्टराई अगाडि

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, ६ मंसिर । कास्की क्षेत्र नं २ मा नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पारेकी छिन् ।

जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेलले सुरुवाती अग्रता लिएका थिए । पछिल्लो मतपरिणामअनुसार एमालेकी भट्टराई चार हजार ८५१ मत प्राप्त गर्दै अग्रस्थानमा छिन् ।

उनलाई रास्वपाका कँडेलले चार हजार ७०७ मतसहित पछ्याइरहेका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले तीन हजार २०७ मत प्राप्त गरेका छन् ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार भीमबहादुर कार्की पाँच हजार नौ मतसहित अग्रस्थानमा छन् भने उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबहादुर भण्डारीले चार हजार ६१२ मतसहित पछ्याइरहेका छन् ।