
सुर्खेत, ६ मंसिर । ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा आज पुन: मतदान कार्य सम्पन्न भएको छ ।
सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुन: मतदान सम्पन्न भएको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए ।
सामान्य त्रुटीका कारण प्रतिनिधिसभाका १०० मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीनवटा मतदान केन्द्रमा आज मतदान भएको थियो ।
तीनवटा मतदान केन्द्र गरी दुई हजार ९२६ मतदाता सङ्ख्या भएकोमा दुई हजार (६८ प्रतिशत) मत खसेको मतदान अधिकृत पौडेलले बताए । उनका अनुसार मतदान कार्य मर्यादित, व्यवस्थित र शान्तिपूर्ण तवरले सम्पन्न भएको छ ।















प्रतिक्रिया