
काठमाडौं, ६ मंसिर । जारी मतगणनामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाउने पार्टी नेकपा एमाले भएको छ ।
एमालेले हालसम्म १ लाख ३ हजार ७ सय ६८ मत पाएको छ । यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८८ हजार ४ सय ४४ मत पाएको छ ।
यस्तै, तेस्रो नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । रास्वपाले ४६ हजार ६ सय ७८ मत पाएको छ । राप्रपा २६ हजार ३ सय ७८ मतसहित पाँचौं, जसपा ८ हजार १ सय ५४ मतसहित छैटौं तथा जनमत पार्टी ७ हजार ६ सय ८१ मतसहित सातौं स्थानमा छ ।
नागरिक उन्मुक्ति पार्टी ५ हजार ५ सय ६२ मतसहित आठौं, नेमकिपा ५ हजार ४ सय ३६ मतसहित नवौं तथा नेकपा एस ५ हजार २ सय १४ मतसहित दशौं स्थानमा छ ।
















प्रतिक्रिया