१ कार्तिक २०८३, आइतबार

झापा ५ मा केपी ओलीलाई करिब ७ हजार मतको अग्रता

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ६ मंसिर । झापा निर्वाचन क्षेत्र नं. ५ मा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब ७ हजार मतको अग्रता बनाएका छन् ।

पछिल्लो परिणाम अनुसार ओलीले १६ हजार ३३६ मत प्राप्त गरेका छन् भने उनको पछि पछि लागेका नेपाली कांग्रेसमा उम्मेदवार खगेन्द्र अधिकारीले ९ हजार ६३७ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेलले ३ हजार ८६ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ओलीले सुरूवाती चरणदेखि नै अग्रता लिँदै आएका छन् ।