
नुवाकोट, ६ मंसिर । नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले आफ्नो झिनो अग्रता कायम राखेका छन् ।
आज अपरान्हसम्म क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ ७ हजार ५७० मत गणना हुँदा एमालेका उम्मेदवार मैनालीले ३ हजार ९३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हितबहादुर तामाङले ३ हजार ६६ मत प्राप्त गरेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. प्रद्युम्न महतले ८९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिएका छन् ।















प्रतिक्रिया