
रौतहट, ६ मंसिर । रौतहट क्षेत्र नम्बर–१ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेकपा एमालेका उमेदवार अजयकुमार गुप्ताले मतान्तर घटाउँदै लगेका छन् ।
सुरुवाती अवस्थामा माधव नेपालले अग्रता लिए पनि अहिले एमाले उमेदवार गुप्ताले मतान्तर घटाउँदै लगेका हुन् ।
प्राप्त पछिल्लो परिणाम अनुसार माधव नेपालले ७ हजार १११ मत ल्याएका छन भने नेकपा एमालेका उमेदवार गुप्ताले ६ हजार ६९६ मत ल्याएर पछ्याइरहेका छन ।
नेपाल र गुप्ताबीच ४१५ मतको अन्तर रहेको छ । हालसम्म गौर नगरपालिकाको वडा नं. १ देखि ६ सम्म र यमुनामाइ गाउँपालिकाको केही वडाका मत गणना भइसकेको छ ।















प्रतिक्रिया