
काठमाडौं, ६ मंसिर । मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङ संसद छिर्न नपाउने भएका छन् ।
भ्रष्टाचार मुद्दा खेपिरहेकाले उनी तत्काल संसद छिर्न नपाउने भएका हुन् । त्यतिमात्र होइन मुद्दाको किनारा नलागेसम्म प्रतिनिधिसभाको सदस्य पदबाट समेत उनी नलिम्बित हुने छन् ।
२०७० सालको निर्वाचनमा मनाङबाट पहिलोपटक निर्वाचित भएका उनले मन्त्री पदको लाभ हात पारेका थिए । त्यसबखत पदको दुरुपयोग गरी काठमाडौंको चृकुटीमण्डप परिसरमा अवस्थित फनपार्कको जग्गा भाडामा लगाएपछि उनीविरुद्ध मुद्दा दर्ता भएका थियो ।
०७५ माघमा उनीविरुद्व विशेष अदालतमा मुद्दा दर्ता भएपछि उनलाई प्रहरीले पक्रिएको थियो । तर, राजनीतिक पहुँचकै भरमा उनी ०७५ चैतमा साधारण तारेखमा छुटेका थिए ।
उनीसहित १६ जनाविरुद्ध मुद्दा चलिरहेको मुद्दामा गुरुङलाई मात्रै ३१ करोड बिगो दाबी गरिएको छ ।















प्रतिक्रिया