
काठमाडौं, ५ मंसिर । प्रतिनिधि सभा सदस्यमा निर्वाचित ललितपुर–२ का उम्मेदवार प्रेम बहादुर महर्जनलाई नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन् ।
सत्ता गठबन्धनबाट नेकपा एसका उम्मेदवार रहेका कृष्णलाल महर्जनलाई पराजित गरी विजयी बनेका उनलाई ओलीले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गरेका हुन् ।
महर्जनले यो निर्वाचनमा एमालेको तर्फबाट सबै भन्दा पहिलो जित निकालेर खाता खालेका हुन् ।















प्रतिक्रिया