
काठमाडौं, ५ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नं. १ मा रवीन्द्र मिश्र र प्रकाशमान सिंहले पालैपालो अग्रता लिइरहेका छन् ।
पछिल्लो नतिजा अनुसार मिश्रले पसन: अग्रता लिइरहेका छन् । हालसम्म १२ हजार १८८ मत गणना हुँदा राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका उम्मेदवार मिश्रले ३ हजार ८७० मत प्राप्त गरेका छन् ।
त्यस्तै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ३ हजार ८४९ मत प्राप्त गरेको छ । यी दुई जना उम्मेदवारले आलोपालो गरेर झिनो मतान्तरले अग्रता लिँदै आएका छन् ।
त्यस्तै एमालेका किरण पौडेलले १ हजार ९६८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १ हजार ८ सय ७ मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया