
काठमाडौं, ५ मंसिर । चितवन क्षेत्र नम्बर २ बाट चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिलेसम्मको मतपरिणाम अनुसार पछाडि नै परिरहेका छन् ।
उनी भन्दा अगाडि पहिलो नम्बरमा एमालेका कृष्णभक्त पोखरेल रहेका छन् भने दोस्रो स्थानमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ रहेका छन् । रवि भने तेस्रो स्थानमा रहेका छन् ।
पहिलो स्थानमा रहेका एमालेका पोखरेलले १ हजार १ सय ४४ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका कांग्रेसका उमेश श्रेष्ठले ७ सय ४ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका रविको भने २ सय ६० मत मात्रै आएको छ ।














प्रतिक्रिया