काठमाडौं, ५ मंसिर । लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले माओवादी केन्द्रका देवप्रसाद गुरुङसँगको मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणामअनुसार एमालेका गुरुङ माओवादीका गुरुङ भन्दा ४ सय बढी मतले अगाडि लागिरहेका छन् । एमालेका गुरुङले यो समाचार तयार पार्दासम्म २ हजार ५ सय ८ मत ल्याएका छन् ।
यस्तै, माओवादीका गुरुङले २ हजार ८७ मत ल्याएका छन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस