
काठमाडौं, ५ मंसिर । मुस्ताङमा कांग्रेसले क्लिनस्विप गरेको छ । प्रदेश सभा ‘ख’ मा पनि कांग्रेसका उम्मेदवार विजयी भएसँगै कांग्रेसले क्लिनस्विप गरेको हो ।
कांग्रेसका बिकल शेरचन प्रदेशसभा ख बाट विजयी भएका छन्। उनले २ हजार ७ सय २३ मत ल्याए भने एमालेका उम्मेदवार चन्द्रमोहन गौचनले २ हजार पाँच सय ६५ मत ल्याए।
प्रदेशसभा ‘क’ मा कांग्रेसकै नम्डु गुरुङ विजयी भएका छन् भने प्रतिनिधि सभामा कांग्रेसकै २९ वर्षीय योगेश गौचनी थकाली विजयी भएका हुन् ।
मुस्ताङमा २०७४ को निर्वाचनमा एमालेले क्लिनस्विप गरेको थियो ।














प्रतिक्रिया