
काठमाडौं, ५ मंसिर । ललितपुर निर्वाचन क्षेत्र नं २ मा ४ हजार ७८८ मतगणना भएको छ ।
ललितपुरको सादोबाटोस्थित राष्ट्रिय खेलकूद परिषद्को परिसरमा भइरहेको मतगणना अनुसार नेकपा एमालेले अग्रता बढाएको छ ।
यहाँ एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १ हजार ३१७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १ हजार ९७ मत ल्याएका छन् ।
यसैगरी, सत्ता गठबन्धनको नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार कृष्णलाल महर्जनले ८७७ मत ल्याएका छन् ।












प्रतिक्रिया