२९ आश्विन २०८३, बिहिबार

काठमाडौंको कहाँ-कहाँ मतगणना हुन्छ ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । काठमाडौं उपत्यकामा आजै रातिबाट मतगणना सुरु हुने भएको छ ।

१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंको मतगणना मतदान सकिएपछि सर्वदीय बैठक बसेर आजैबाट मतगणना हुने निर्वाचन आयोगले जनाएको छ । १० वटा क्षेत्रको १० स्थानमा मतगणना हुनेछ ।

क्षेत्र नम्बर १ को मतगणना बानेश्वरको सम्मेलन केन्द्रमा, क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीको राधाकृष्ण मन्दिरमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुलमा हुनेछ ।

क्षेत्र नम्बर ४ को चपलीस्थित जेष्ठ नगरिक केन्द्रको भवनमा, क्षेत्र नम्बर ५ को मतगणना टोखा नगरपालिकाको श्री समाज भवन टोखामा हुनेछ ।

क्षेत्र नम्बर ६ को तारकेश्वर नगरपालिकाको धर्मस्थलीमा, क्षेत्र नम्बर ७ को जुडो हल बालाजुमा, क्षेत्र नम्बर ८ को गीतामाता स्कुल स्वयभूमा हुने आयोगले जनाएको छ ।

क्षेत्र नम्बर ९ को न्याथम कलेज रवी भवनमा र क्षेत्र नम्बर १० को त्रिवि स्मृति भवनमा मतगणना हुने छ ।