
काठमाडौं, ४ मंसिर । बाजुराको एक मतदानस्थलमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् ।
गोली लागेर स्थानीय सञ्जिव अएडीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई अस्पताल लगिएकोमा मृत्यु भएको हो ।
घाइते हुनेहरुमा स्थानीय परशुराम पाध्याय, खड्क ऐडी र प्रेम थापा रहेका छन् ।
त्रिवेणी नगरपालिका-७ मा रहेको मतदानस्थलमा मतदानका क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।













प्रतिक्रिया